बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काजुका यस्ता छन् अनेक फाइदा

दैनिक नेपाल २०७८ जेठ २५ गते ९:५८

काठमाडौं । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व पाइन्छ । पत्येक दिन दुई वाा तीन पिस काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

काजु ऊर्जाको राम्रो स्रोत हो । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

काजुमा भिटामिन ‘बी’ प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजु खाँदा शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । युरिक एसिड भएका मानिसले निर्धक्कसँग काजु खान सक्छन् । काजुमा सोडियमको मात्रा कम हुन्छ । पोटासियमको मात्रा बढी हुन्छ । काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ । यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

२८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ । ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । काजुमा भिटामिन ‘सी’ र भिटामिन ‘बी’ पनि पाइन्छ ।

काजुले दाँतलाई मजबुत तुल्याउन, कपाल चमकदार बनाउन, आँखाको तेज बढाउन मद्दत गर्छ । गर्भवतीले काजु खाँदा आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ । कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा हुन्छ ।

नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ । हड्डी मजबुत बनाउँछ । शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ । काजुले डायबेटिज नियन्त्रण गर्न मद्दत गर्छ । मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ । कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

प्रतिक्रिया
सम्बन्धित