१५ कार्तिक २०८३, आइतबार

थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर र ५ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४७२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ एक सय जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ जना रहेको छ ।

२४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९९० जना पुगेको मन्त्रालयले जनाएको छ ।