२९ आश्विन २०८३, बिहिबार

इञ्जा युरोपको गम्भीर ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) युरोपले इञ्जा युरोपका महासचिव धिताललाई नेपाली जनसम्पर्क समिति जर्मनीले अपमानजनक, निकृष्ट शब्द प्रयोग तथा गालीगलौज गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयलाई लिएर नेजस जर्मनीले धम्कीपूर्ण विज्ञप्ति समेत निकालेको जनाएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) युरोपका अध्यक्ष ददि सापकोटाद्वारा जारी गरिएको उक्त विज्ञप्तिको नाममा आफ्नो गल्ती कमजोरी ढाक्न पत्रकारमाथि अमुक पार्टीको छाप भिराइ दिएर, षडयन्त्रको पर्दाफास र सत्य नपचे पछिको कुण्ठा पोखिएको भनिएको छ ।

‘गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनी लगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डीसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धितालमाथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली कांग्रेस जस्तो पार्टीका भातृ संगठनका लागि पक्कै शोभनीय विषय होइन’ विज्ञप्तिमा उल्लेख छ ।