७ कार्तिक २०८३, शनिबार

गौरीशंकर सेवा समाजद्वारा स्वास्थ्यचौकी र विद्यालयलाई अत्याधुनिक फिल्टर सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । गौरीशंकर सेवा समाज दोलखाले शनिबार दोलखाको विगु गाउँपालिकाका एक स्वास्थ्यचौकी र एक विद्यालयलाई फिल्टर प्रदान गरेको छ ।

समाजले बिगु गाउँपालिकाको वडा नं. ३ स्थित बुलुङ स्वास्थ्यचौकी र वडा नं. ४ लादुकस्थित श्री शान्ति आदर्श माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त पानी प्रशोधन गर्ने फिल्टर प्रदान गरिएको समाजका सचिव पवन आचार्यले जानकारी दिए ।

स्वास्थ्यचौकीका कर्मचारी तथा सेवाग्रही र विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई स्वच्छ पानी खुवाउने उद्देश्यस्वरुप समाजले भारतीय कम्पनीको अत्याधुनिक प्रविधियुक्त फिल्टर प्रदान गरेको सचिव आचार्यको भनाइ छ ।

आचार्य बुलुङ घर भई शान्ति आदर्श माविमा अध्ययन गरेका पूर्वविद्यार्थी समेत हुन् । गौरीशंकर सेवा समाजले कुनै पनि समस्यामा परेका दोलखालीलाई संस्थाको क्षमताअनुसारको सहयोग उपलब्ध गराउँदै आएको समेत उनले बताएका छन् ।