७ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री महतोले सच्याए आफ्नो अभिव्यक्ति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । चौतर्फी आलोचना र विवाद भएपछि जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् ।

महतोले शनिबार राति एक विज्ञप्ति जारी गरेर अभिव्यक्ति सच्याएका हुन् । महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन् । राष्ट्रिय एकता, अखण्डता र राष्ट्र हितप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनेर स्पष्ट पारेका छन् ।

मन्त्रीको पदभार सम्हाले लगत्तै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले भौगोलिक अखण्डता र राष्ट्रिय हित नगर्ने भन्दै राजनीतिक दल र आम नागरिकको तर्फबाट चौतर्फी आलोचना भएको थियो ।