
काठमाडौं, २२ जेठ । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भभएको बताएका छन् ।
संविधानवाद स्थापित भएसँगै अब सबै पक्ष निर्वाचनमा जानुपर्ने उनको धारणा छ । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रया दिँदै उनले अब सबै पक्ष चुनावमा जानुपर्ने बताएका हुन् ।
‘जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ,’ उनले लेखेका छन्, ‘अब सबैपक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौ ।’
संविधान जारी गर्दाका बखत संविधानको घोर विरोध गर्ने शक्तिलाई वर्तमान सरकारले संविधान स्वीकार्न बाध्य बनाएको आशय व्यक्त गर्दै नेता पोखरेलले अब संविधानलाई नस्वीकार्ने पक्ष नरहेको दाबी गरेका हुन् ।















प्रतिक्रिया