९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा १३ लाखसहित १५ जुवाडे पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २२ जेठ । काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई १३ लाख ४३ हजार रुपैयाँ नगद, कौडा र ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरको छैटौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाइ हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

पक्राउ परेकाहरूमध्ये भाग्ने क्रममा काठमाडौं बाफल बस्ने भक्त बलामी घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

उनीहरूलाई जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।