७ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा थपिए १ हजार ३८४ जना संक्रमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।

शुक्रबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० जनाको आरटी–पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९७ हजार ६९९ जना आइसोलेशन र ७५५ जना क्वारेन्टिनमा छन् ।