
काठमाडौँ, २१ जेठ । रौतहटमा दुई जना वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एउटै नगरपालिका गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोनाबाट मृत्यु भएको हो ।
६० वर्षीय सहनी करिब एक महिनादेखि उपचाररत सिभिल अस्पताल काठमाडौँमा निधन भएको हो । उनलाई घरमै रहेको बेला संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, त्यही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो । यससँगै रौतहटमा अहिलेसम्म १०५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ११६७ पुगेको छ ।












प्रतिक्रिया