१५ कार्तिक २०८३, आइतबार

कैलालीको गौरीगंगामा इन्सले दियो ६८ घरपरिवारलाई खाद्यन्न राहत

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० जेठ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले कैलालीको गौरीगंगा –८ मा ६८ घर परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना महामारीका कारण अति नै प्रभावित भएकाहरुलाई नेपालभर नै राहत दिन योजनाअनुरुप समाजले बिहीबार समाजले ज्याला मजदुरी गर्ने परिवार, अति विपन्न तथा मुक्त कमैयाहरुको ६८ परिवारलाई राहत वितरण गरेको हो ।

समाजका राष्ट्रिय समित नेपालका उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटा तथा मोहन सिंह सावदको नेतृत्वमा राहत वितरण गरिएको हो । गौरीगंगा वडा नं ८ का वडा अध्यक्ष तुलाराम सापकोटा, नगर कार्यपालिका सदस्य भक्त बहादुर विक, वडा सदस्य ठेकराज चौधरी लगायतले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

समाजका उपाध्यक्ष देवकोटाले स्थानीय जनप्रतिनिधिको समन्वयमा चामल, नुन, तेल र साबुन प्रदान गरिएको जानकारी दिएका छन् ।