
काठमाडौं, २० जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९०० रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन बुधबार सुनको मूल्य तोलाको ९४ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।















प्रतिक्रिया