
काठमाडौँ, १९ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा हजार ९६९, ललितपुरमा ३०६ सय र भक्तपुरमा १८१ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ हजार २१९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ जना रहेको छ ।
२४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५५५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया