१५ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा पत्रकार महासंघलाई ४० हजारकाे राहत सामाग्री प्रदान

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १९ जेठ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपाल पत्रकार महासंघलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

वुधबार महासंघको काठमाडौँ शाखा भृकुटीमण्डपस्थित समाजको नेपाल राष्ट्रिय कार्यसमितिका अध्यक्ष चन्द्र कुमार फुयालको नेतृत्वमा ४० हजार रुपैयाँ बराबरको खाद्यन्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेका पत्रकारहरुलाई केही राहत हुने उद्देश्यले उल्लेखित रकम बराबरको खाद्यन्नलगायत सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष फुयालले बताए ।

उक्त सामाग्रीहरु ग्रहण गर्दै अग्रपंक्तिमा रहेर अनवरत रुपमा नागरिकलाई सुसूचित गराइरहेका पत्रकारहरु पनि संक्रमित भएको यो अवस्थामा समाजको सहयोग आफूहरुका लागि ठूलो भएको महासंघका काठमाडौँ शाखाका सचिव महेश्वर गौतमले बताए । गाैतमले समाजले गरेको सहयोग प्रति धन्यावद ज्ञापन गरे ।

विभिन्न किसिमका कार्यक्रम तथा मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय नेपाली समाजले देशभर नै अति आवश्यक भएका नागरिकहरुलाई आधारभूत सहयोग गर्ने शिलशिलामा काठमाडौँमा राहत वितरण गरकोे हो ।

त्यसैगरी, समाजले आजै काठमाडौँ महानगरपालिका वडा नं. ३१ लगायत आसपासका बस्तीका काेराेना महामारीले समस्यामा परेका परिवार, अपांगता भएका परिवार, समस्यामा परेका विद्यार्थीलगायत ४० घरपरिवारलाई समेत ६० हजार रुपैयाँ बराबरको खाद्यन्न राहत प्रदान गरेको छ ।