९ कार्तिक २०८३, सोमबार

आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, १८ जेठ । आज साँझ आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् ।

व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४० मिटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । –रासस