
काठमाडौँ, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको निधन भएको छ ।
थापाको अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ ।
भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो ।
कोरोना संक्रमित उनको रिपोर्ट नेगेटिभ भएपनि स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको थियो ।
उनको उपचारका लागि आह्वान गरिएको सहयोगमा ५० लाख बढी रकम उठेको थियो ।
थापाले आफ्नो नेतृत्वमा वि. सं. २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरेका थिए । वैकल्पिक राजनीतिको नेतृत्व गरेका उनी पद प्रति आशक्ति नभएका नेताका रुपमा देखिएका थिए ।













प्रतिक्रिया