मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समाजिक उत्तरदायित्व वहन गर्दै व्यास नगर जेसिज

वि वि श्रेष्ठ २०७८ जेठ १८ गते १५:५०


-वि वि श्रेष्ठ

काठमाडौँ, १८ जेठ । कोभिड १९ ले देश नै आक्रान्त वनिरहेको सन्र्दभमा व्यास नगर जेशिज दमौलीले समाजिक उत्तरदायित्व वहन गर्दे आएको छ ।

कोभिडका कारण गाँउमा रहेको अशक्त, असहाय निर्धन जनतामा हुने समस्यालाई समाधान गर्नका लागी जेशिजले तनहुँमा घर तथा गाँउवाट अस्पताल सम्म विरामीलाई ल्याउने काम गरेर समाजिक उत्तरदायित्व वहन गरेको व्यास नगर जेसिसका अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।

मानवताको स्वास्य नै महत्वपुर्ण हो । यो लकडाउनमा त्यसमा पनि सार्वजनिक सवारी साधन नचल्ने, एम्वुलेन्समात्रको सेवाले विरामीले समयमा नै उपचार पाँउन नसक्दा अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दे विरामी तथा अशक्तलाई निशुल्क सवारी साधनका माध्यामवाट सेवा दिएका छौ, जसले गर्दा अशक्त तथा असहाय जनताले समयमा नै सेवा पाओस, अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।

गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म र जिल्ला अस्पतालमा सम्भव नभए पोखरा सम्म निशुल्क रुपमा सवारी साधनमार्फत हामीले डेलिभरी गरेका छौँ । आर्थिक विपन्नता भएका व्यक्तिले हाम्रो यस कार्यले धेरै नै राहत पुरयाउने विश्वास लिएका छौ, अध्यक्ष खनालले भने ।

जिल्ला प्रशाशन कार्यलय लगायत सम्वन्धित क्षेत्र सँग नै समन्वय गरेर व्यास नगर जेशिज ले निशुल्क सवारीको व्यवस्थापन गरेका हौ । जिल्लाभर जहाँ भएता पनि सकेसम्म सेवा दिदै आईरहेको समेत उनले बताए । हालसम्म अफठयारोमा परेका ८ जनाको परिवारलाई सेवा दिईसकेका छौँ ।

असहाय र अशक्तको घरवाट विरामीको लाई जिल्ला अस्पताल सम्म निशुल्क सवारी साधन उपलव्ध गराएका छौँ । मानव सेवा नै जेसिसको कर्म हो । यसलाई हामीले आफनो कर्म ठानेका छौ, संचारकर्मी तथा समाजसेवी शैलेस खातीले बताए ।

भानु नगरपालिका वडा नं ५ मा रहेको गोलढुङ्गाका स्थानिय विभामाया सुनारलाई हात खुटा नचल्ने र रक्तचाप वढि भएको हुदाँ निशुल्क रुपमा सवारी साधनमार्फत जिल्ला अस्पताल सम्म सेवा दिन लागेका हौ, अध्यक्ष खनालले बताए ।

जेसिजका यो कार्यले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई धेरै ठुलो राहत मिलेको र विरामीले सहि समयमा नै उपचार पाउने विरामीका वुहारी सरिता सुनारले बताईन् ।

प्रतिक्रिया
सम्बन्धित