२९ आश्विन २०८३, बिहिबार

एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिको अध्यक्षमा सुवेदी चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नयाँ कार्यसमितिलाई बधाइ दिएका छन् ।

कांग्रेस नेता भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत बधाइ दिएका हुन् । उनले बुद्धिसागर सुवेदीको अध्यक्षमा निर्वाचित नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिएका छन् ।

नयाँ कार्यसमितिले सन् २०२१ देखि २०२३ सम्म जिम्मेवारी सम्हाल्नेछ । समितिको अध्यक्षमा बुद्धिसागर सुवेदी चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थ चयन भएका छन् ।

उपाध्यक्षमा सुमन थापा, गोपेन्द्र भट्टराई, डिलु पराजुली, विकाशराज उप्रेती, दीक्षा बस्नेत (महिलातर्फ) निर्वाचित भएका छन् ।

महासचिवमा अञ्जनकुमार चौलागाइँ, सचिवमा अनुप खनाल, सचिवमा सुनिता कंडेल (महिलातर्फ), कोषाध्यक्षमा राजिव श्रेष्ठ, सह–कोषाध्यक्षम अग्नि ढकाल, महिला संयोजकमा सुन्दरी गुरुङ, युवा संयोजकमा त्रिभुवन पाण्डे निर्वाचित भएका छन् ।

बोर्ड अफ डाइरेक्टरमा विशाल राना, डा. प्रकाश श्रेष्ठ, बालाराज घिमिरे, डोलनाथ घिमिरे, प्रभात सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, विश्वराज बास्तोला, दुर्गेश कार्की, राज ढुंगाना चयन भएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा विष्णु शाह, अमृत सापकोटा, सञ्जीवकुमार श्रेष्ठ, विन्दु निरौला, सुरेन्द्र मल्ल, सञ्जय थापा, गोविन्द सुवेदी, नारायण कंडेल, विनोद तिवारी चयन भएका छन् ।