बर्दिया, १८ जेठ । बर्दिया जिल्लाको मधुवनमा पाटेबाघको आक्रमणबाट नन्दकला थापा क्षेत्रीको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका– ५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया क्षेत्रीको मृत्यु भएको हो ।
थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।















प्रतिक्रिया