७ कार्तिक २०८३, शनिबार

औषधि कालोबजारी अभियोगमा जनता मेडिकल स्टोरका सञ्चालक रजक पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १७ जेठ । विभिन्न औषधि कालोबजारी गरेको अभियोगमा विराटनगरस्थित जनता मेडिकल स्टोरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रविकुमार रजक छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रजकको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाइजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।