७ कार्तिक २०८३, शनिबार

भारतमा एकै दिन १ लाख ५३ हजार जना भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । पछिल्ले २४ घण्टामा छिमेकी मुलुक भारतमा १ लाख ५३ हजार जना ४८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि दैनिक ४ लाख जनासम्मलाई कोरोना देखिँदै आएको भारतमा सङ्क्रमण घट्दो क्रममा छ । कोरोनाको कठिन परिस्थितिको सामना गरिरहेको भारतमा केही दिनयता कोरोना नियन्त्रण प्रभावकारी बनिरहेको हो । भारत आफैले पनि कोरानाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई दिन थालेको छ ।

भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार ३०१ जना छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार ५२९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १२९ जनाको मृत्यु भएको छ । यसअघि दैनिक ४ हजार भन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित ३ लाख २९ हजार १२७ जनाको मृत्यु भइसकेको छ ।