७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणबाट ३५ लाख ५६ हजार जनाको मृत्यु, ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

हाल विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ४१ लाखभन्दा बढी रहेको छ । विश्वभर हालसम्म १७ करोड १० लाख ६ हजार ८९५ जनामा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ८८ हजार ७६७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमण यकिन भएको आधारमा सक्रिय सङ्क्रमितको सङ्ख्या निक्कै कम हो । सङ्क्रमण पुष्टि भएकामध्ये अधिकाङ्श निको भइसकेका छन् ।

१५ करोड ३२ लाख ७८ हजार २२७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

विश्वमा हाल १ करोड ४१ लाख ७२ हजार ६४९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो पटक एकै दिन विश्वमा ७ हजार ३७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म विश्वभर कोरोनाका कारण ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ ।

विश्वमा यसअघि दैनिक ७ लाखभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुने गरेको थियो । त्यो सङ्ख्या अहिले आधामा झरेको छ । विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।