
काठमाडौं, १७ जेठ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ ।
चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको हो । उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको नेपाल एअरलाइन्सले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सीजिन पिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेअनुरुप चीनले उक्त परिमाणको खोप उपलब्ध गराएको हो ।
नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदको लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।















प्रतिक्रिया