
काठमाडौं, १७ जेठ । कोरोना भाइरसले आक्रान्त पारेको छिमेकी मुलुक भारतमा कोभिड–१९ सम्बन्धी नक्कली औषधि विक्रीवितरण गरेको आरोपमा ३५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटना मानवताविरोधी अपराध सरह भएको भन्दै प्रहरीले उनीहरूलाई राजधानी नयाँदिल्लीबाट पक्राउ गरेको बताइएको छ । सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने बाचा गर्ने गरेको पाएपछि पक्राउ गरिएको हो ।















प्रतिक्रिया