७ कार्तिक २०८३, शनिबार

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक, १२ जना सांसदमाथि कारबाहीको सम्भावना

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज आइतबार साँझ ५ बजे सो बैठक बस्न लागिएको बताइएको छ । यद्यपि, पार्टीभित्रको विवादको दृष्टिकोणबाट आजको बैठक अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ ।

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना सांसदसँग स्पष्टीकरण मागेको छ । स्पष्टीकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।

उनीहरू कसैले पनि तोकिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यस्तो अवस्थामा उनीहरुमाथि आजको बैठकले कारबाही गर्ने सम्भावना छ । यसअघि एमालेले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।