७ कार्तिक २०८३, शनिबार

बाढीले मौरीको घार बगाउँदा करिब चार लाख रुपैयाँ बराबरको धनमाल क्षति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रुपन्देही, १६ जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लुम्बिनी बिकास कोषको जग्गामा रहेको मौरी फर्म बाढीले बगाउँदा कम्तीमा पनि चार लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

उक्त जग्गामा कपिलबस्तु शिवराज नगरपालिका–५ बस्ने मोहन अधिकारीले ‘शिवराज मौरी पालन फर्म’ सञ्चालन गर्दै आएका थिए । तर, वर्षासँगै आएको बाढीले त्यहाँ पालिएका १०० वटा मौरीघार बाढीले बगाउँदा सो क्षति भएको प्रहरीले बताएको छ ।

अबिरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले उक्त फर्ममा रहेको मौरीको घार बगाएको हो ।