७ कार्तिक २०८३, शनिबार

विद्यार्थीहरूले गरे स्वास्थ्य सामग्री सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १६ जेठ । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी ब्याचका विद्यार्थीहरूले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पतालमा सञ्चालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान ह्वील चेयर, ५ थान बीपी सेट, २ थानान एक्स–रे बक्स, सेनिटाइजर, मास्क लगायत सामानहरू उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज ओलीले जानकारी दिए ।

सो स्वास्थ्य सामग्री विद्यार्थीहरूले तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा नगर प्रमुख पाण्डेले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै युवा विद्यार्थीहरूको रचनात्मक सहयोग र सहकार्यले नयाँ नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।