७ कार्तिक २०८३, शनिबार

यी व्यवसायले तिर्न पर्दैन इजाजत तथा नवीकरण दस्तुर, होटेललाई सरकारले पैसा दिने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत विभिन्न व्यवसायका लागि इजाजत तथा नवीकरण तस्तुरमा छूट तथा स्वतः नवीकरण हुने व्यवस्था मिलाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज शनिबार आगामी आर्थिक वर्षका लागि आय–व्यय विवरण प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । घोषणा अनुसार कोभिड–१९ प्रभावित होटेल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्‍चार गृह, विज्ञापन सेवा, टेलरिङ, व्यूटीपार्लर, हेल्थ क्लव जस्ता व्यवसायका लागि इजाजत तथा नवीकरण दस्तुरमा छूटको व्यवस्था गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने उल्लेखित व्यवसायको इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाएको हो ।

यस्तै कोभिड महामारीका कारण सञ्‍चालनमा आउन नसकेका होटेललाई आईसोलेसन सेन्टरको रुपमा सञ्‍चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलव्ध गराउने व्यवस्था गरेको पनि बजेट भाषणमा उल्लेख छ ।

होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने व्यवस्था बजेटमा उल्लेख छ ।