९ कार्तिक २०८३, सोमबार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण दिइने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने घोषणा गरेका हन् ।

वैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ वर्षभित्र तिर्नुपर्नेछ ।

त्यस्तै १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।