
काठमाडौं, १५ जेठ । नेपाललाई कोभिड–१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गरेकी छिन् ।
राष्ट्रपतिको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगामार्फत राष्ट्रपति बाइडेनसम्म पुर्याइएको छ ।
सो अवसरमा राजदूत खतिवडाले नेपालमा कोरोना भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका छन् । साथै खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।
नेपालले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । त्यस क्रममा राजदूत खतिवडाले सबै खोप जान्सेन फार्मास्युटिकल कम्पनीबाट खरिद गर्ने मनसाय पनि मसिन्गासमक्ष व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ ।
















प्रतिक्रिया