७ कार्तिक २०८३, शनिबार

मंगलम इन्डष्ट्रिजले कोरोनाका कारण मृत्यु भएका कर्मचारीका परिवारलाई वर्षभरी तलव दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । मंगलम इन्डष्ट्रिज प्रालिले कोरोनाका कारण मृत्यु भएका आफ्ना कर्मचारीका परिवारलाई एक वर्षभर तलव सुविधा उपलब्ध गराउने भएको छ ।

त्यसका लागि कम्पनीले ‘मंगलम केयर’ नामक आह्वानको शुरूवात गरेको छ । कोरोनाका कारण देभर दैनिक सयौं व्यक्तिको ज्यान गइरहेको आपतकालीन अवस्थामा कम्पनीमा कार्यरत कोही पनि कर्मचारीको कोरोनाका कारण मृत्यु भएको खण्डमा उसको परिवारलाई १२ महिनासम्म तलव सुविधा उपलब्ध गराउने कम्पनीले घोषणा गरेको छ ।

‘मंगलम पाइप्सका लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्ति हुन् । मंगलम पाइप्सको प्रारम्भिक दिनहरुदेखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहँदै आएको छ,’ मंगलम इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केही मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छौं ।’

मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिङ उत्पादक तथा पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र निर्यातकर्ता कम्पनी हो ।