७ कार्तिक २०८३, शनिबार

इक्यानले शुरू गर्‍यो ‘इक्यान कोभिड सहायता कोष अभियान’ र ‘इक्यान कोभिड सहायता कक्ष’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘इक्यान कोभिड सहायता कोष अभियान’ र ‘इक्यान कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ ।

संघका सदस्य तथा उनीहरूका परिवारजनलगायत आम नेपाली नागरिकहरू समेतलाई संक्रमित भएको अवस्थामा उपचार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यका साथ यो अभियान शुरू गरेको संघले बताएको छ ।

संघले आफ्नो सामाजिक उत्तरदायित्वलाई गम्भीरतापूर्वक वोध गरी संघ र सम्वद्ध सबै सदस्य संस्थाहरूको तर्फबाट योजनाबद्ध पहल कदमी लिन शुरूवात गरिएको ‘इक्यान कोभिड सहायता कोष अभियान’को संयोजकमा संघका उपाध्यक्ष शेषराज भट्टराई र ‘इक्यान कोभिड सहायता कक्ष’को संयोजकमा संघका महासचिव दिपकराज भुसाल तोकिएका छन् ।

‘इक्यान कोभिड सहायता कोष’ अभियानले इक्यान, यसमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दाता संस्था एवम् व्यक्तिहरूबाट आर्थिक सहायता रकम सङ्कलन गरी इक्यान कोभिड सहायता कक्षमार्फत परिचालन गरिने इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

यस्तै ‘इक्यान कोभिड सहायता कक्ष’मार्फत संक्रमणको परीक्षण, कन्ट्रय्याक्ट ट्रेसिङ्ग, चिकित्सकीय परामर्श, एम्बुलेन्स सेवा, अस्पताल भर्ना, अक्सीमिटर, रेम्डेसिभिरलगायत मेडिकल सप्लाइज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेशन, रगत, प्लाज्मा तथा कोभिडविरुद्ध खोप व्यवस्थापन गरिने छ ।

अध्यक्ष पाण्डेका अनुसार कोरोना पोजेटिभ विरामीलार्ई आपतकालीन सबै सहयोगका क्षेत्रमा परिचालन गरिने छ । यसरी सञ्चालन गरिने सबै सेवाहरू इक्यानका सदस्य तथा निजका परिवारजनलगायत अन्य आम नागरिकहरूलाई समेत यथासम्भव उपलव्ध गराइने संघको भनाइ छ ।

‘इक्यान कोभिड सहायता कोष अभियान’ सञ्चालन गर्न नेपाल शैक्षिक परामर्श संघको केन्द्रीय कोषबाट २ लाख ५१ हजार रूपैयाँ उपलव्ध गराई कोषको शुभारम्भ गरिएको बताइएको छ । आफ्ना सबै सदस्य संस्थाका सञ्चालकहरू, आवद्ध कर्मचारी वर्गलगायत इच्छुकहरूलाई कोषमा आर्थिक सहयोग उपलब्ध गराउने इक्यान केन्द्रीय समितिले आग्रह गरेको छ ।