मझौरा, १५ जेठ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका– २ मा करेन्ट लागेर ३५ वर्षीय लक्ष्मण महतोको मृत्यु भएको छ ।
लहान नगरपालिका– ८ स्थित ससुराली घरमा बस्दै आएका महतोको शुक्रबार बिहान हातमुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्ने मोटरमा बिद्युत् प्रवाह भई मृत्यु भएको परिवारले बताएका छन् ।
करेन्ट लागेर घाइते भएका महतोलाई उपचारको लागि अस्पताल जैजाने क्रममा बाटोमा मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
















प्रतिक्रिया