७ कार्तिक २०८३, शनिबार

खोप उपलब्ध गराएर सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणविरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

आज बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिक सबैलाई पुग्नेगरी कोभिड–१९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका हुन् ।

अनुदानमा नभए किनेर भए पनि खोप ल्याउन नेपाल सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै खोप उत्पादक राष्ट्रहरूलाई आग्रह गरेका छन् । झण्डै २ करोड नागरिकलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उनले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

उनले कोभिड नियन्त्रण गर्ने नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैंकका क्षेत्रीय निर्देशकलगायत विभिन्न दूतावासहरूको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद समेत दिए ।

भारतपछि दक्षिण एशियामा खोप शुरू गर्ने दोस्रो मुलुक नेपाल भएको दाबी गर्दै उनले छिमेकीहरूको सहयोगका कारण खोप शुरू गरे पनि पछि विभिन्न कारणले खोप उत्पादक कम्पनी र देशहरूले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएको बताए ।