
काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का प्रमुख समेत रहेका डा. पौडेललाई सो जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्तामा प्राडा जागेश्वर गौतम थिए । उनलाई कोभिड–१९ युनिफाइड अस्पताल (वीर)को प्रमुख बनाइएपछि सो पद रिक्त भएको थियो ।
सोही पदको जिम्मेवारी सहप्रवक्ता डा. समिर अधिकारीले सम्हालेका हुन् ।















प्रतिक्रिया