७ कार्तिक २०८३, शनिबार

भारतमा थपिए १ लाख ७९ हजार नयाँ संक्रमित, ३ हजार ५५८ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् भने ३ हजार ५५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ४७ हजार ७०५ पुगेको छ भने मृतकको संख्या ३ लाख १८ हजार ८२१ पुगेको छ ।

भारतमा आलसम्म २ करोड ४८ लाख ९० हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये २३ लाख ३८ हजार ५५८ जनामा संक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा केही दिनयता क्रमशः संक्रमणको दर घट्दै गएको छ । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्दै गएको स्वास्थ्य अधिकारीहरूले समेत जनाएका छन् ।