
काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने छ ।’
उनले अगाडि भनेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्दछ ।’
विष्टले पछिल्लो समयमा शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन् । तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको नाम छ ।
यसैबीच उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवथामा फर्काएरमात्रै एकता जोगिने दाबीसहितको आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।















प्रतिक्रिया