
काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन् ।
ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने तयारी भएको उच्च स्रोतले बताएको छ । जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युँउताउने तयारी गरेका हुन् ।
जसपाको ५० सदस्यीय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । तर, संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्ष्ँमा १३ जना सांसद उभिएका थिए ।
राजपाको चुनाव चिन्ह भने हातको पञ्जा हुने भएको छ । ठाकुर निकट स्रोतले दिएको जानकारीअनुसार राजपा बुधवार नै दर्ता गर्ने तयारी भए पनि सार्वजनिक विदा भएको कारण रोकिएको थियो ।















प्रतिक्रिया