७ कार्तिक २०८३, शनिबार

युएस एडद्वारा तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), १३ जेठ । तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा युएस एड, तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

हिजो बुधबार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित अस्पतालमै पुगेर सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्याकेट, स्यानिटाइजर २० लिटर, पीपीई ५० थान, थर्मल गन ५० थान र आइसोलेसन बेड २० थान हस्तान्तरण गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्री तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा नगर प्रमुख पाण्डेले अमेरिकन जनताको तर्फबाट नेपाली जनताका लागि राहत सामग्री उपलब्ध गराएकोमा अमेरिकी सरकार र त्यहाँका जनतालाई धन्यावद व्यक्त गरे । कोरोना प्रतिरक्षाका लागि स्वास्थ्य सामग्री फलदायी बन्ने र जुन उद्देश्यका लागि आएका छन् त्यही उद्देश्यका लागि प्रयोग गर्ने नगर प्रमुख पाण्डेको भनाइ छ ।

कोरोना संक्रमित बिरामीको उपचार र जीवन रक्षाका लागि स्वास्थ्य सामग्रीले मद्दत गर्ने बताउँदै तुलसीपुरको पहिचान र समृद्धिका लागि स्थापनाकाल देखिनै तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको नगर प्रमुख पाण्डेले बताए । जनप्रतिनिधि नहुँदा पनि वाणिज्य संघले तुलसीपुरको विकासका लागि काम गर्दै आएको बताउँदै विगतदेखि अहिलेसम्म दुवै संस्थाको सम्बन्ध नङ र मासुको जस्तो भएकाले यसलाई अनन्तकालसम्म जोगाई राख्नु पर्नेमा उनको जोड छ ।