१ कार्तिक २०८३, शनिबार

बजेट अधिवेशन बोलाउन माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । प्रदेश १ का प्रतिपक्षी दलहरूले तत्काल बजेट अधिवेशन बोलाउन माग गरेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दलहरूले बजेट आउनुभन्दा १५ दिन पहिले पूर्व बजेट छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था भएपनि अझैसम्म बजेट अधिवेशन नबोलाइएकाले तत्काल बजेट अधिवेशन बोलाउन माग गरेका हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले बजेट अधिवेशन नबोलाएर संसद बाहिरबाट बजेट ल्याउन खोजेको आरोप लगाए। संसद बाहिरबाट बजेट ल्याइए प्रतिपक्षी दलहरूले प्रतिवाद गर्ने कार्कीले चेतावनी दिए। ‘पहिलेदेखि नै संसद छल्दै आएको सरकारले बजेट पनि अध्यायदेशबाटै ल्याउन खोजिरहेको छ’ उनले भने ‘अध्यादेशबाट बजेट ल्याउन खोजे हामी प्रतिवाद गछौं।’

नेकपा मोओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले जेठ १६ गतेसम्ममा पूर्व बजेट छलफल सकिनुपर्नेमा अझै संसदको अधिवेशन नबोलाउँदा आशंका उत्पन्न भएको बताए। सरकारले संसदलाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेको भन्दै संसद हुँदा हुँदै अध्यादेशबाट बजेट ल्याउनु कानुन विपरित हुने आङ्बोको भनाइ छ। उनले भने ‘संसद हुँदाहुँदै अध्यादेशबाट बजेट ल्याउनु कानुनविपरित हुन्छ।’

पत्रकार सम्मेलनमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादव लगायतका नेताहरूको उपस्थिति थियो। दलहरूले प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरिएको छ। यस्तै कोरोना महामारी नियन्त्रण गर्न प्रदेश सरकारले प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गरेको छ। विनोद सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।