९ कार्तिक २०८३, सोमबार

गोरखा र चितवनका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्वारा स्वास्थ्य साम्रग्री प्रदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाका ग्रामीण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो ।

कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो ।

ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।