७ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा चौधरी र तामाङको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ११ जेठ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कैलाली र मुस्ताङमा भएको दुर्घटनामा परी ती दुई जनाको ज्यान गएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाँउस्थित सडकमा सु.प.प्र.०१–००८ प ४०६४ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया राम जानकी चौधरीको सोमबार दिउँसो मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएकी उनको माया मेट्रो प्रालि अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस्तै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ घ्याकरस्थित सडकमा ग. १ त ४८३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक धादिङ बस्ने २३ वर्षीय मैते तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।