
सुनसरी, ११ जेठ । बिरामी बोक्ने एम्बुलेन्समा गाँजाको कारोबार गरिरहेका दुई जनालाई प्रहरीले १०० किलो गाँजासहित पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को. १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १०० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उप–महानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र सोही उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ का २८ वर्षीय पोशन राई छन् ।
धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।















प्रतिक्रिया