७ कार्तिक २०८३, शनिबार

कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त, सङ्क्रमितलाई उच्च मनोबल राख्न आग्रह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिएका छन् । शर्माले लेखेका छन्, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामी ! शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ ।’

उनले कोरोनालाई सामान्य नठानी सचेतता अपाना आम नागरिकमा अपिल गर्दै लेखेका छन्, ‘कोरोनाबाट सजगता साथ जोगिन सबैलाई अपिल गर्दै, सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’

शर्मालाई गएको वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको छ ।