
काठमाडौं, १० जेठ । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो ।
अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।
हेर्नुहोस् सूचना
















प्रतिक्रिया