
काठमाडौं, १० जेठ । महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कुनै पनि कोणबाट राष्ट्रघात नहुने दाबी गरेका छन् ।
सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरी महान्यायाधिवक्ता बडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । तर, केही पूर्वसांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेकोप्रति दुःख व्यक्त गर्दै बडालले प्रश्न गरेका छन्, ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’















प्रतिक्रिया