
काठमाडौं, १० जेठ । नयाँ शक्ति पार्टीले सरकारले जारी गरेर नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएको छ ।
प्रधानमन्त्रीका एकपछि अर्को कदमहरुले नेपाली जनताको स्वाभिमान र नेपाल राष्ट्रको अस्मितामाथि गम्भीर प्रहार भइरहेको आरोप लगाउँदै सो पार्टीले उक्त अध्यादेश फिर्ता लिन नयाँ शक्तिको आग्रह हो ।
‘लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई भत्काएर जंगली राजको बाटोमा उद्दत प्रधानमन्त्री र राष्ट्रपतिको अप्राकृतिक र गैरसंवैधानिक साँठगाँठ देखेर नेपाली जनता आजित भइसकेको अबस्था छ,’ सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘नागरिकता अध्यादेशले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद उदाङ्ग भएको छ ।’















प्रतिक्रिया