७ कार्तिक २०८३, शनिबार

खोप आपूर्तिबारे परराष्ट्रमन्त्रीको पहल : अमेरिकाले भन्यो– ‘नेपाल हाम्रो प्राथमिकतामा छ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशसँगको आफ्नो पहललाई तीव्रता दिएका छन् ।

आज सोमबार मात्रै मन्त्री ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग टेलिफोन सम्वाद गर्दै कोभिड–१९ विरुद्धको खोप आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेका छन् ।

कुराकानीका अवसरमा उपविदेशमन्त्री वेन्डी सेर्मनले खोप आपूर्तिमा नेपाललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएकी छिन् । अमेरिकाले विदेशी मुलुकहरुलाई ८० मिलियन खोप दिने भनेको छ । त्यसमध्ये नेपाललाई प्राथमिकतामा राख्न मन्त्री ज्ञवालीको आग्रह थियो ।

मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् । नेपालको आग्रहमा अमेरिका सकारात्मक रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संवादका क्रममा सेर्मनले कोभिड महामारीविरुद्ध तथा अन्य सामाजिक–आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।