३ कार्तिक २०८३, मंगलबार

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टलाई हकप्रद निष्काशन गर्न अनुमति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले आज आइतबार अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियो ।