७ कार्तिक २०८३, शनिबार

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६७ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हिजो आइतबार निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ३७९ वटा गाडी र १ हजार ३८८ वटा मोटरसाइकल छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत २४ हजार २६६ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।