७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणका कारण नेकपा एमालेका पूर्वसांसद बस्नेतको निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण आज सोमबार बिहान निधन भएको छ ।

मोरङको खोर्सानेका ७० वर्षीय बस्नेत कोरोनालाई जित्छु भन्दै घरमै बस्दै आएका थिए । तर, निमोनिया बढेपछि उनलाई दुई दिनअघि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य बनेका थिए । खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।

उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।